Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

शाखा संजालमा मजबुद देखिएका तीन विकास बैंकहरु

२०७४ पुष १८ गते

बैंकिङ खबर । शाखा विस्तारमा वाणिज्य बैंकहरु मात्रै नभएर विकास बैंकहरु पनि आक्रामक तवरले लागी परेका छन् । सबै स्थानीय तहमा बैंक पुर्याउने सरकारी योजनालाई विकास बैंकहरुले पनि साथ दिइरहेका छन् । खासगरी, राष्ट्रिय स्तरका विकास बैंकहरुले शाखा सञ्जाल बढाएर देशैभरी फैलाउन लागिरहेका छन् । यसैबीच, शाखा संजालमा सबैभन्दा मजबुद तीन विकास बैंकहरुको बारेमा यहाँ चर्चा गरिन्छ । 

मुक्तिनाथको शाखा सबैभन्दा धेरै
शाखा सञ्जालमा सबैभन्दा मजबुद विकास बैंक हो, मुक्तिनाथ विकास बैंक । बैंकले मुलुभर ७२ वटा शाखा विस्तार गरिसकेको छ । आगामी दिनहरुमा पनि शाखा विस्तारलाई प्राथमिकतामा राख्ने बैंकको योजना छ । जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ भन्ने मूल नारा लिएर अगाडी बढिरहेको यस विकास बैंकको सीईओ भरतराज ढकाल छन् । २०६३ सालमा स्थापना भएको बैंक छोटो समयमा नै राम्रो छाप छोड्न सफल भएको छ । 

महालक्ष्मीको शाखा विस्तारमा अगाडी  
महालक्ष्मी विकास बैंकले हालसम्म पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म ७० वटा शाखा विस्तार गरिसकेको छ । एक दुई वर्ष्भित्रमा शाखा नपुगेका स्थानहरुमा १५ देखि २० वटासम्म थप शाखा विस्तार गर्ने बैंकको योजना छ । बैंकले बैतडी, दार्चुला, बझाङ, बाजुरा जस्ता अति दुर्गम क्षेत्रमा शाखा विस्तार गर्न लागेको महालक्ष्मी विकास बैंकका सीईओ कृष्णराज लामिछानेले बताए । महालक्ष्मी हालै यती डेभलपमेन्ट बैंकसँग गाभिएर चुक्तापुँजी, ग्राहक संख्या लगायतमा विकास बैंकहरुमध्येकै अब्बल बन्न सफल भएको छ । 

गण्डकी पनि शाखा विस्तारमा अगाडी
धेरै शाखा भएका विकास बैंकहरुमा गण्डकी विकास बैंक तेस्रो स्थानमा छ । बैंकले ५३ वटा शाखामार्फत सेवा दिइरहेको छ । बैकले निकट भविष्यमा काठमाडौँको नयाँ बानेश्वर, रुपन्देहीको बेलहिया, नेपालगञ्ज, घोराही, धनगढी, हेटौँडा, तानसेन, पोखराको रत्नचोक र चितवनको पर्सामा नयाँ शाखा खोल्ने तयारी गरिरहेको छ । फेवा विकासक बैंकसँग मर्जरमा गएर मजबुद बनेको यो बैंकको सीईओ रेशम बहादुर थापा रहेका छन् ।  

Ad