बैंकिङ खबर/ राष्ट्र बैंकले वित्तीय क्षेत्रको सवलीकरण, स्थायीत्व, वित्तीय साक्षरता बढाउने कार्यहरु एकिकृत निर्देशन मार्फत गर्दै आएको छ । यस बर्ष २३ बुँदै एकिकृत निर्देशन जारी गरेको छ । निर्देशन नम्बर ६ मा संस्थागत सुशासन सम्बन्धी कुरा उल्लेख गरेको छ । यसमा बैंकका सञ्चालक समिति, सीईकोको नियुक्ति, काम, कर्तव्य, अधिकार सबै उल्लेख छ ।
नेपालको सन्दर्भमा वित्तीय साक्षरता र प्रविधिमा धेरै काम गर्न बाँकी छन् । राष्ट्र बैंकले ल्याएको पूँजी वृद्धिको नीतिले धेरै बैंकहरु मर्जर भएका छन् । मर्जरले यसको संख्या घटे पनि शाखा संख्या बढेको छ । वित्तीय स्थायित्व नेपालमा राम्रो छ । भारतमा भन्दा हाम्रो वित्तीय क्षेत्र सुरक्षित छ । हाम्रोमा खराब कर्जा २ प्रतिशत छ, भारतमा १२÷१३ प्रतिशत छ । तर पूर्ण रुपमा भने नेपालको वित्तीय अवस्था सृदृढिकरण भइसकेको छैन । वित्तीय क्षेत्रका चुनौतीहरु धेरै छन् । यि चुनौतीहरुको सामना गर्न अझै मर्जर नीतिलाई बल गरिएको छ । राष्ट्र बैंकले कानूनी सुधारहरु पनि गरिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा संस्थागत सुशासनलाई पनि जोड दिइएको छ । नेपालको वित्तीय क्षेत्र सुधार्नका लागि राष्ट्र बैंकले विश्व बैंक, एशियाली विकास बैंक लगायतका निकायसँग सहकार्य समेत गरिरहेको छ ।