Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

गाभिए सेन्ट्रल र भक्तपूर फाइनान्स, विहीबारदेखि एकीकृत कारोबार

admin २०७३ चैत्र ९ गते
सेयर:

सेन्ट्रल फाइनान्स लिमिटेड र भक्तपुर फाइनान्स लिमिटेड एकआपसमा गाभिएका छन् । दुई संस्था गाभिएर विहीबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । मर्जपछि संस्थाको नाम सेन्ट्रल फाइनान्स रहनेछ र केन्द्रीय कार्यालय ललितपुर रहनेछ । 

हाल सेन्ट्रल फाइनान्सको चुक्ता पूँजी ३० करोड २२ लाख ७८ हजार रुपैयाँ र भक्तपुर फाइनान्सको चुक्तापुँजी चुक्ता पूँजी २१ करोड ८३ लाख ८५ हजार रुपैयाँ रहेको छ । दुई संस्था गाभिएपछि बन्ने संस्थाको चुक्ता पूँजी ५२ करोड ६ लाख ६३ हजार रुपैयाँ हुनेछ । संस्थाको निक्षेप २ अर्ब ३६ करोड ७१ लाख र कर्जा लगानी २ अर्ब २३ करोड ९६ लाख हुनेछ । राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ८० करोड मर्जरपछि हकप्रद र बोनस सेयर जारी गरेर पुर्याउने जनाएको छ । 

मर्जरपछि फाइनानसको निक्षेप दुई अर्ब ६४ करोड रुपैयाँ र ऋण लगानी दुई अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । शाखा चाहबिल, नारायणघाट, बुटवल र भक्तपुरमा हुने छ ।
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।