Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
सहकारी

सहकारी पीडितको मुहारमा खुसी, ४ संस्थाका १०५ जनाले पाए बचत फिर्ता

२०८३ आश्विन ७ गते

बैंकिङ खबर  /  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चारवटा समस्याग्रस्त सहकारीका १०५ जना बचतकर्ताको रकम फिर्ता गरेको छ ।

समितिका अनुसार शिव शिखर सहकारीका ३५ जना, ओरिएन्टल को–अपरेटिभका २ जना, तुलसी सहकारीका १३ जना र कान्तिपुर सहकारीका ५५ जना साना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका छन् ।

समितिले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकमबाटै बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ ।

पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको समितिको भनाइ छ। आगामी चरणमा पनि बचत रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गरी क्रमशः रकम फिर्ता गर्दै जाने तयारी छ ।

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई प्रचलित कानुनी व्यवस्थाअनुसार फिर्ता गर्ने प्रक्रिया निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ ।