Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्रीन डेभलपमेन्ट बैंकको डेपुटी सीईओमा विकास ढुंगाना

२०८३ भाद्र ३० गते

बैंकिङ खबर / ग्रीन डेभलपमेन्ट बैंकले विकास ढुंगानालाई नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)को जिम्मेवारी दिएको छ।बैंक सञ्चालक समितिको बैठकले बैंकिङ क्षेत्रमा १७ वर्षभन्दा बढीको अनुभव हासिल गरेका ढुंगानालाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

ढुंगाना यसअघि कामना सेवा विकास बैंकमा नायब महाप्रबन्धकका रूपमा कार्यरत थिए। बैंकिङ क्षेत्रमा लामो समयदेखि सक्रिय उनले विभिन्न जिम्मेवारी सम्हाल्दै व्यवस्थापन, सञ्चालन तथा बैंकिङ सेवासम्बन्धी क्षेत्रमा अनुभव हासिल गरेका छन्।

ढुंगानाको नियुक्तिसँगै बैंकको व्यवस्थापकीय क्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ। उनको अनुभव र नेतृत्व क्षमताले बैंकको आन्तरिक कार्यप्रणाली, सेवा प्रवाह तथा समग्र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने बैंकको विश्वास छ।

नयाँ जिम्मेवारीसँगै ढुंगानाले बैंकको संस्थागत विकास, कार्यक्षमता अभिवृद्धि तथा सेवा सुधारमा भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।