
बैंकिङ खबर / सिद्धार्थ बैंकका ग्राहकले ललितपुरको गोदावरीस्थित बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा १० प्रतिशतसम्मको छुट सुविधा प्राप्त गर्ने भएका छन् । ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले सिद्धार्थ बैंक र बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टबीच छुटसम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार रिसोर्टमा उपलब्ध सेवा तथा सुविधाको भुक्तानी सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत गर्ने ग्राहकले तोकिएका सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
बैंकका अनुसार ग्राहकलाई सहज तथा लाभदायी बैंकिङ अनुभव प्रदान गर्नुका साथै डिजिटल भुक्तानीको प्रयोगलाई थप प्रोत्साहन गर्ने उद्देश्यले उक्त सहकार्य गरिएको हो।
बैंकले नगदरहित कारोबारलाई प्राथमिकता दिँदै डिजिटल बैंकिङ सेवाको विस्तारमा जोड दिइरहेको जनाएको छ। रिसोर्टसँगको सहकार्यले ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहित गर्नुका साथै डिजिटल कारोबारको प्रवर्द्धनमा समेत योगदान पुग्ने बैंकको अपेक्षा छ।