Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

२०८३ भाद्र १८ गते

काठमाडौं /  प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताले भारतको गुरुग्रामस्थित मेदान्ता–द मेडिसिटी हस्पिटलमा उपचार तथा स्वास्थ्य परीक्षणमा विशेष छुट पाउने भएका छन् ।

यसका लागि प्रभु बैंक र मेदान्ता–द मेडिसिटी हस्पिटलबीच स्वास्थ्य सेवामा छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो।सम्झौताअनुसार बैंकसँग आबद्ध सेवाग्राहीले अस्पतालको बहिरंग सेवा अन्तर्गत चिकित्सकको परामर्श, ल्याबोरेटरी परीक्षण तथा रेडियोलोजी सेवामा प्रचलित शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

त्यस्तै, अन्तरंग सेवा अन्तर्गत कोठा भाडा, ल्याबोरेटरी तथा रेडियोलोजी परीक्षणमा पनि अस्पतालको प्रचलित दरमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।सम्झौतामा मेदान्ता–द मेडिसिटी हस्पिटलका प्रमुख–कर्पोरेट साझेदारी सत्य चतुर्वेदी र प्रभु बैंकका कन्ट्री हेड–भारत सुनिल मिश्राले हस्ताक्षर गरेका छन् ।

सम्झौता १५ अगस्ट २०२६ देखि लागू भएको छ भने यसको अवधि १४ अगस्ट २०२८ सम्म रहनेछ।प्रभु बैंकले देशभरका ३०० शाखा, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ बैंकले ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।