बैंकिङ खबर/ बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि एक कम्पनीले ७२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सहयोग रकममध्ये कम्पनीको तर्फबाट ५१ लाख रुपैयाँ र सञ्चालक तथा कर्मचारीबाट २१ लाख रुपैयाँ संकलन गरिएको हो।कम्पनीले उक्त रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको जनाएको छ ।
सरकारले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेको राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाका प्रयासमा साथ दिने उद्देश्यले सहयोग गरिएको कम्पनीले जनाएको छ ।