काठमाडौं / भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा लगायत आसपासका जिल्लाका नागरिकलाई राहत प्रदान गर्ने उद्देश्यले एक वित्तीय संस्थाले ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा लगायत आसपासका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संस्थाले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
बाढी तथा प्राकृतिक विपद्का कारण सम्पर्कविहीन भएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्थालगायत विभिन्न संघसंस्थामा कार्यरत कर्मचारी र उनीहरूका परिवारले भोग्नुपरेको पीडाप्रति पनि संस्थाले दुःख व्यक्त गरेको छ।विपद्को समयमा राहत तथा उद्धारका लागि नेपाल सरकार र विभिन्न संघसंस्थाले अघि बढाएको अभियानप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।
संस्थाले विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रदान गरेको हो। संकटको समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्वअन्तर्गतको महत्वपूर्ण दायित्व भएको संस्थाको भनाइ छ ।