Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको गाडी कर्जा योजना, ५.१३ प्रतिशत ब्याजदरमा कर्जा

२०८३ भाद्र १० गते

बैंकिङ खबर  /  काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै आकर्षक गाडी कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा सवारीसाधन खरिदका लागि कर्जा उपलब्ध गराउने भएको हो ।

बैंकका अनुसार ग्राहकलाई नयाँ सवारीसाधन खरिदका लागि आवश्यक वित्तीय स्रोत सहज, सरल र छिटो उपलब्ध गराउने उद्देश्यले उक्त योजना ल्याइएको हो ।

योजनाअन्तर्गत गाडी कर्जामा वार्षिक ५.१३ प्रतिशत ब्याजदर कायम गरिएको छ । कर्जा लिने ग्राहकले ०.५ प्रतिशत प्रोसेसिङ शुल्क तिर्नुपर्नेछ ।बैंकले कर्जा प्रवाहको प्रक्रियालाई समेत छिटो बनाएको जनाएको छ । आवश्यक कागजात पेस गरी कर्जासम्बन्धी प्रक्रिया तथा तोकिएका सर्तहरू पूरा गरेको अवस्थामा ग्राहकले तीन कार्यदिनभित्र कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिस्पर्धी ब्याजदर, न्यून प्रोसेसिङ शुल्क र छिटो कर्जा प्रवाह हुने भएकाले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि यो योजना सहज हुने बैंकको विश्वास छ ।बैंकका अनुसार उक्त विशेष गाडी कर्जा योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ । ग्राहकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका देशभर रहेका शाखामार्फत यो सुविधा लिन सक्नेछन् ।

बैंकिङ खबर/ काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै आकर्षक गाडी कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा सवारीसाधन खरिदका लागि कर्जा उपलब्ध गराउने भएको हो ।

बैंकका अनुसार ग्राहकलाई नयाँ सवारीसाधन खरिदका लागि आवश्यक वित्तीय स्रोत सहज, सरल र छिटो उपलब्ध गराउने उद्देश्यले उक्त योजना ल्याइएको हो ।

योजनाअन्तर्गत गाडी कर्जामा वार्षिक ५.१३ प्रतिशत ब्याजदर कायम गरिएको छ । कर्जा लिने ग्राहकले ०.५ प्रतिशत प्रोसेसिङ शुल्क तिर्नुपर्नेछ ।बैंकले कर्जा प्रवाहको प्रक्रियालाई समेत छिटो बनाएको जनाएको छ । आवश्यक कागजात पेस गरी कर्जासम्बन्धी प्रक्रिया तथा तोकिएका सर्तहरू पूरा गरेको अवस्थामा ग्राहकले तीन कार्यदिनभित्र कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिस्पर्धी ब्याजदर, न्यून प्रोसेसिङ शुल्क र छिटो कर्जा प्रवाह हुने भएकाले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि यो योजना सहज हुने बैंकको विश्वास छ ।

बैंकका अनुसार उक्त विशेष गाडी कर्जा योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ । ग्राहकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका देशभर रहेका शाखामार्फत यो सुविधा लिन सक्नेछन् ।