बैंकिङ खबर / गत आर्थिक वर्षमा नाफा कमाएका बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताले दशैंअघि नै लाभांश पाउने सम्भावना देखिएको छ ।
नबिल बैंक, एभरेस्ट बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकसँग पूर्वस्वीकृति मागेका छन् ।
सम्बन्धित बैंकहरूले राष्ट्र बैंकबाट पूर्वस्वीकृति प्राप्त गरेपछि लाभांश वितरणको प्रक्रिया अघि बढाउनेछन् । बैंकहरूले समयमै स्वीकृति पाएमा दशैंअघि नै साधारणसभा सम्पन्न गरी लगानीकर्तालाई लाभांश वितरण गर्ने सम्भावना रहेको छ ।
लाभांश वितरणका लागि बैंकहरूले वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकको पूर्वस्वीकृतिपछि सञ्चालक समितिले लाभांश प्रस्ताव पारित गरी साधारणसभाबाट अनुमोदन गराउनुपर्ने व्यवस्था छ ।
गत आर्थिक वर्षमा नाफा कमाएका अन्य बैंक तथा वित्तीय संस्थाले पनि लाभांश वितरणको तयारी गरिरहेका छन् । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गर्ने प्रक्रिया पूरा भएपछि क्रमशः अन्य बैंकहरूले समेत लाभांश घोषणा गर्ने अपेक्षा गरिएको छ ।