Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
अर्थतन्त्र

नोटबन्दीको पक्षमा छैन सरकार, अर्थमन्त्रीले भने– ‘अहिले उपयुक्त देखिएन’

२०८३ भाद्र ५ गते

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले तत्काल नोटबन्दी गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा नागरिकहरूले मुलुकमा नोटबन्दी गर्नुपर्ने विषय उठाएपछि अर्थमन्त्री वाग्लेले सरकारको धारणा सार्वजनिक गरेका हुन्।

नागरिकहरूको प्रश्नको जवाफ दिँदै उनले नोटबन्दीबारे सरकारभित्र कुनै तयारी वा निर्णय नभएको बताए। उनका अनुसार अहिलेको अवस्थामा नोटबन्दी उपयुक्त हुने निष्कर्षमा सरकार पुगेको छैन। ‘नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ। तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ,’ अर्थमन्त्री वाग्लेले भने। यससँगै सरकारले तत्काल ठूला दरका नोट हटाउने वा नगद कारोबार नियन्त्रण गर्न नोटबन्दीको बाटो रोज्ने सम्भावना नरहेको स्पष्ट भएको छ ।