Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

माछापुच्छ्रे बैंकको डीसीईओमा कल्याण विक्रम पाँडे नियुक्त

२०८३ भाद्र १ गते

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कल्याण विक्रम पाँडेलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा नियुक्त गरेको छ। बैंकका अनुसार पाँडेले साउन २९ गतेदेखि डीसीईओका रूपमा कार्यभार सम्हालिसकेका छन्।
बैंकिङ क्षेत्रमा करिब २५ वर्षको अनुभव भएका पाँडेले यसअघि ग्लोबल आईएमई बैंक, तत्कालीन जनता बैंक, लक्ष्मी बैंक र कुमारी बैंकलगायतका संस्थामा विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए।
उनको अनुभव मुख्यतः बैंकको रणनीतिक योजना तथा कार्यान्वयन, कर्पोरेट र एसएमई बैंकिङ, रिटेल बैंकिङ, व्यवसाय रूपान्तरण तथा डिजिटलाइजेसन, जोखिम व्यवस्थापन, अनुपालन, ट्रेड फाइनान्स र ट्रान्जेक्सन बैंकिङलगायत क्षेत्रमा रहेको बैंकले जनाएको छ।
त्यस्तै, मर्जर तथा एक्विजिसन, वित्तीय विश्लेषण तथा नयाँ उत्पादन विकास, दिगो तथा हरित बैंकिङका क्षेत्रमा समेत पाँडेको अनुभव रहेको बताइएको छ।
पाँडेले बैंगलोर विश्वविद्यालयबाट वित्त विषयमा एमबीए प्रथम श्रेणीमा उत्तीर्ण गरेका छन्। साथै, अलिगढ मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा अनर्ससहित बीटेक उपाधि हासिल गरेका छन्।
नेतृत्व क्षमता र नतिजामुखी कार्यशैलीका लागि परिचित पाँडेको नियुक्तिबाट बैंकले व्यवसाय विस्तार, सेवा प्रवाहमा सुधार र रणनीतिक लक्ष्य कार्यान्वयनमा थप योगदान पुग्ने अपेक्षा गरेको छ।
नवनियुक्त डीसीईओ पाँडेको कार्यक्षेत्रमा बैंकको कर्पोरेट तथा पूर्वाधार, एसएमई तथा रिटेल बैंकिङ, डिजिटलाइजेसन, जोखिम व्यवस्थापन तथा अनुपालनजस्ता महत्वपूर्ण क्षेत्र पर्नेछन्।