बैंकिङ खबर / कुमारी बैंक चार वर्षपछि सञ्चित नोक्सानीबाट बाहिरिँदै लाभांश वितरण गर्न सक्ने अवस्थामा पुगेको छ । बैंकले आर्थिक वर्ष २०८२/८३ मा ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षभन्दा ३०६ प्रतिशत बढी हो । अघिल्लो वर्षसम्म ३ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेको बैंक गत वर्ष नाफाका कारण उक्त नोक्सानीबाट बाहिरिएको हो । बैंकको वितरणयोग्य नाफा ७९ करोड १७ लाख रुपैयाँ पुगेपछि चुक्ता पुँजीका आधारमा करिब ३ दशमलव ०२ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनेको छ । नाफा बढ्नुमा खुद ब्याज तथा फि–कमिसन आम्दानीसँगै १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ प्रोभिजन राइटब्याक मुख्य कारण बनेको छ । यद्यपि, बैंकको निष्क्रिय कर्जा ७ दशमलव ४६ प्रतिशत पुगेकाले खराब कर्जाको चुनौती कायमै रहे पनि कुमारी बैंक चार वर्षपछि लाभांश वितरण गर्ने अवस्थामा फर्किएको छ ।
