Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा के–के छन् ? हेरौं १४ बुँदामा

२०८३ श्रावण २६ गते

 काठमाडौँको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ सुरु भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा सुरु भएको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। एक्स्पोमा दुईपांग्रे र चारपांग्रेसहित अटोमोबाइल क्षेत्रका ५३ वटा स्टल राखिएका छन्।

दुईपांग्रे सवारीका १८ र चारपांग्रे सवारीका २९ नयाँ ब्रान्ड तथा मोडल प्रदर्शनीमा राखिएका छन्।

चाडपर्वलाई लक्षित गर्दै विभिन्न कम्पनीले नयाँ मोडलमा विशेष छुट, अफर तथा बुकिङ सुविधा उपलब्ध गराएका छन्।

एक्स्पोसँगै सडक सुरक्षा र विद्युतीय सवारीको ब्याट्री व्यवस्थापनलगायत विषयमा छलफल तथा कार्यशाला पनि आयोजना हुँदैछन्।

 

  • ५५ भन्दा बढी ब्रान्डको सहभागिता — चारपाङ्ग्रे, दुईपाङ्ग्रे र व्यावसायिक सवारीका गरी ५५ भन्दा बढी ब्रान्ड एक्स्पोमा सहभागी छन्।
  • ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक — विभिन्न कम्पनीले ४० भन्दा बढी नयाँ गाडी, मोटरसाइकल र स्कुटर पहिलोपटक नेपाली बजारमा सार्वजनिक गरेका छन्।
  • ७५ प्रतिशतसम्म ईभीको हिस्सा — एक्स्पोमा विद्युतीय सवारीको प्रतिनिधित्व करिब ७५ प्रतिशत पुगेको छ। हाइब्रिडको हिस्सा १५ प्रतिशत र पेट्रोल–डिजेल सवारीको हिस्सा करिब १० प्रतिशत छ।
  • नयाँ चिनियाँ ईभी ब्रान्डको प्रवेश — अर्कफक्स, लिपमोटर र वुलिङसहित नयाँ चिनियाँ ईभी ब्रान्ड नेपाली बजारमा प्रवेश गरेका छन्।
  • २० लाखदेखि साढे ३ करोडसम्मका गाडी — एक्स्पोमा करिब २० लाख रुपैयाँका साना सहरी ईभीदेखि साढे ३ करोड रुपैयाँसम्मका प्रिमियम विद्युतीय सवारीसम्म छन्।
  • ४०–८० लाखको मूल्य समूहमा चर्को प्रतिस्पर्धा — लिपमोटर, आइकार, फोर्थिङ, महिन्द्रा, एमजी, बीवाईडी, ओमोडा एन्ड जेको तथा टाटालगायत ब्रान्डका मोडल यो मूल्य समूहमा प्रतिस्पर्धामा छन्।
  • हाइब्रिड र प्लग–इन हाइब्रिड पनि आकर्षणमा — पूर्ण ईभीमा जान नचाहने तर इन्धन खर्च घटाउन चाहने ग्राहकलाई लक्षित गर्दै हाइब्रिड र प्लग–इन हाइब्रिड मोडल पनि प्रदर्शनमा छन्।
  • पेट्रोल–डिजेल अझै बजारबाट बाहिरिएका छैनन् — परम्परागत सवारीको हिस्सा घटे पनि एसयूभी तथा व्यावसायिक सवारीमा पेट्रोल–डिजेल मोडलको उपस्थिति कायम छ।
  • दुईपाङ्ग्रेमा पनि ईभीको विस्तार — एथर, याडिया, एनआईयू, अल्ट्राभ्वाइलेट, केरेनलगायत विद्युतीय दुईपाङ्ग्रे ब्रान्डसँगै बजाज, होन्डा, टीभीएस, सुजुकी, रोयल इन्फिल्ड, केटीएम र ट्रायम्फजस्ता स्थापित ब्रान्ड सहभागी छन्।
  • २ लाख ३० हजारदेखि १५ लाख रुपैयाँसम्मका दुईपाङ्ग्रे — सामान्य पेट्रोल मोटरसाइकल तथा स्कुटरदेखि प्रिमियम ईभी र स्पोर्ट्स बाइकसम्मका मोडल प्रदर्शनमा छन्।
  • व्यावसायिक ईभी पनि प्रदर्शनीमा — कार्गो भ्यान, प्यासेन्जर माइक्रोबस र पिकअप गरी २८ देखि ५५ लाख रुपैयाँसम्मका विद्युतीय व्यावसायिक सवारी छन्।
  • ईभीमा नयाँ प्रविधिको प्रतिस्पर्धा — ब्याट्री क्षमता, रेन्ज, एडीएएस, स्मार्ट कनेक्टिभिटी र अन्य सुरक्षा प्रविधिलाई कम्पनीहरूले मुख्य आकर्षण बनाएका छन्।
  • ६२ लाखभन्दा बढी सवारीको बजारमा ईभीको विस्तार — नेपालमा दर्ता भएका कुल सवारीसाधन ६२ लाख ४९ हजारभन्दा बढी पुग्दा विद्युतीय सवारीको संख्या ६३ हजार २८० नाघिसकेको छ।
  • अटो कर्जामा पनि अफर — एक्स्पोमा विभिन्न कम्पनीले नगद छुट र एक्सचेन्ज बोनससँगै बैंक तथा वित्तीय संस्थाको सहकार्यमा ६.५२ प्रतिशतसम्मको ब्याजदरमा अटो कर्जा उपलब्ध गराइरहेका छन्।