बैंकिङ खबर / सम्पत्ति शुद्धीकरणको कसुरमा पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । नेपाल प्रहरीका अनुसार सम्पत्ति शुद्धिकरण विभागबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रक्राउ गरेको हो । पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेललाई प्रहरीले कार्यक्रमस्थलबाटै पक्राउ गरेको जनाइएको छ ।
