
बैंकिङ खबर / आइतबार प्रभु बैंकमा ठुलै भुकम्प गयो । १४ गते अपरान्ह बैंकका सिइओ अशोक शेरचनसहित प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई सीआईबी टोलीले बैंककै केन्द्रीय कार्यालयबाट पक्राउ गर्यो । बैंकका सिइओ शेरचनको बैंकमा तेस्रो कार्यकाल सकिन एक बर्ष ३ महिना बाँकी थियो । उक्त अवधि पछि बैंकको सिइओ रश्मी पन्तलाई बनाउने र आफूले नै छाँया सिइओका रुपमा बैंक चलाउने शेरचनको रणनीति थियो । केही बैंकका कर्मचारीलाई उनले भावि सिइओका रुपमा रश्मी पन्तका बारे व्रिफिङ गर्दे थिए । तर एक्कासी सीआइबीको टोलीले बैंकमा खानतलासी गर्दै शेरचनलाई पक्रउ गर्यो । बैकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा तीन जनालाई पक्राउ गरिएको सीआइबीले जनएको छ । सिइओ शेरचन पक्राउ परेसँगै प्रभु बैंकले निरज लम्साललाई बरिष्ठताको आधारबाट कायम मुकायमको जिम्मेवारी दिएको छ । बैंक संचालक समितिको बैठकले बैंकका सिइओसहित ३ जनालाई अनुसन्धान प्रकृयामा लिइएको हुँदा लम्साललाई कार्यबाहक सिइओको रुपमा जिम्मेवारी दिइएको बैंकका सूचना अधिकृत रविन्द्र ढकालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लम्साल जगेडामा राखिएका कर्मचारी हुन् । आर्थिक रुपमा र अन्य कार्यकारीका रुपमा शेरचनले लम्साल र डेपुटी सिइओ पोख्रेललाई अधिकार कटौती गरेर सबैजसो अधिकार रश्मी पन्तलाई दिँदै आएका थिए । यसको मुख्य कारण थियो पोख्रेल र लम्सालले बैंक छाडेर जाउन् वा उनीहरुलाई हटाएर रश्मी पन्तलाई डेपुटी सिइओ बनाउन सहज होस् । तर अघिल्लो दिसम्म जगेडामा रहेका कसैले वास्ता नगरिएका निरज लम्साल एकाएक कार्यबाहक सिइओ बनेपछि बैंकका कर्मचारी आफैलाई व्यबस्थापन गर्न नसक्ने ठाउँमा पुगेका छन् । लम्साललाई सिइओ शेरचनले रिकभरी अफिसरका रुपमा राख्दै आएका थिए ।



