
बैंकिङ खबर/ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीलाई १० प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर गरी १३ प्रतिशत लाभांश दिने भएको छ । बैंकको हालै बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिने जनाइएको छ ।
