Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंक लुटेराले फालेको पैसा प्रहरीलाई फिर्ता

२०८२ भाद्र २९ गते

बैंकिङ खबर/ जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकबाट लुटिएको पाँच लाख रुपैयाँ फिर्ता गरिएको छ। आन्दोलनका क्रममा बैंकको नयाँ बानेश्वर शाखाबाट लुटेराहरूले लुटेको पाँच लाख रुपैयाँ फिर्ता आएको ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

सो रकम ललितपुरको बंगलामुखी बस्दै आएका सुरेश दउलाले प्रहरीलाई फिर्ता गरेका हुन्। देउलाका अनुसार २४ गते लुटेराको समूह बैंकभित्र प्रवेश गरेर पैसा लुटेर फर्किंदै थिए । सोही बेला देउलाले बैंकबाट पैसा लुटेर बाहिरिनेहरूको भिडिओ बताउँदै थिए।

सोही बेला उनले लुटेरलाई भिडिओ बनाउँदै ‘बैंक लुट्न पाइन्छ?’ भनेपछि एकजनाले पैसाको बिटो फालिदिएका थिए। सो दिन ती व्यक्तिले फालेको ५ लाख १० हजार ५ सय ३७ रुपैयाँ दउलाले जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका छन्।