
बैंकिङ खबर/ पछिल्लो सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नेपाली सेनाले काठमाडौं उपत्यकामा भदौ २७ गते शुक्रबार बिहान ६ बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भदौ २६ गते बिहीबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने बिहीबार बेलुकी ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कफ्र्यू आदेश जारी गरिएको हो।
यसैबीच निषेधाज्ञा र कफ्र्यू अवधिमा पनि बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय र सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीहरूले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म आवतजावत गर्न सक्ने व्यवस्था गरिएको छ।
त्यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले उडानको टिकट देखाएर विमानस्थलसम्म जान पाउने व्यवस्था पनि गरिएको छ।






