Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंकले पायो अन्तर्राष्ट्रिय युरोमनी एक्सिलेन्स अवार्ड

admin २०८२ भाद्र १८ गते
सेयर:

बैंकिङ खबर/ प्रभु बैंकले नेपालको उत्कृष्ट डिजिटल बैंकको लागि अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय संस्था युरोमनी लिमिटेडले सिंगापुरमा बैंकलाई युरोमनी एक्सिलेन्स अवार्ड दिएको हो।

बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित बैंकका अन्य थप ३ महिला अधिकृतहरुले संयुक्त रुपमा अवार्ड ग्रहण गरेका थिए। यसअघि पनि बैंक अफ द इयर २०२३ बाट प्रभुले सम्मान पाएको थियो।

बैंकले उक्त सम्मानलाई साना तथा मझौला उद्यमलक्षित डिजिटल सेवा प्रवाहमा प्रभु बैंकले खेलेको महत्त्वपूर्ण भूमिकालाई अन्तर्राष्ट्रिय मान्यता मिलेको बताएको छ। नयाँ प्रविधिमार्फत बैंकले ग्राहककेन्द्रित डिजिटल समाधानहरु उपलब्ध गराउँदै आएको छ।

पछिल्ला वर्षहरुमा बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा, व्यावसायिक भुक्तानी समाधान, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व तिर्ने डिजिटल माध्यम, बीमा र वित्तीय परामर्श सेवाजस्ता अत्याधुनिक सेवाबाट एसएमई बैंकिङमा उल्लेख्य प्रगति गरेको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।