२०८२ भाद्र १५ गते

सानिमा बैंकका ग्राहकहरुलाई बस सेवाबाट टिकट खरिद गर्दा क्यासब्याक

बैंकिङ खबर/ सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न बससेवासँग आकर्षक क्यासव्याकको व्यवस्था गरेको छ।

उक्त व्यवस्था अन्तर्गत ग्राहकहरुले सानिमा भिसा डेबिट/क्रेडिट कार्ड मार्फत अनलाइन भुक्तानी गरी बससेवाबाट नेपालभरिको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्म र भारतको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम ४ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

यो योजना यही भदौ १५ देखि आगामी फागुन १४ गतेसम्मका लागि लागू हुने बैंकले जनाएको छ। छुटको विस्तृत विवरण https://www.sanimabank.com/digital-banking/offers बैंकको वेबसाइटबाट हेर्न सकिने बैंकले उल्लेख गरेको छ। सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।