२०८२ भाद्र ११ गते

कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त

बैंकिङ खबर/ कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको अध्यक्ष बन्ने गरी उनलाई अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेको थियो।

बुधबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो। मन्त्रालयका अनुसार व्यवस्थापकीय क्षमताका आधारमा पौडेललाई कृषि विकास बैंक सञ्चालकमा पठाइएको हो।

नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीको नेतृत्व गरेको लामो अनुभव छ।

वित्त तथा व्यवस्थापन परामर्श दाताको रूपमा देश तथा विदेशका १०० भन्दा बढी कम्पनीहरूलाई सेवा प्रदान गरिसकेका पौडेल हाल ब्लु चिप्स भेन्चर क्यापिटल र ब्लु स्काई ईनर्जि लिमिटेडका समेत अध्यक्ष रहेका छन्।