Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल आइएमई बैंकको नाफा सवा ६ अर्ब, लाभांश क्षमता १४ प्रतिशतमाथि

admin २०८२ श्रावण २८ गते
सेयर:

बैंकिङ खबर/ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्म ६ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा ६ अर्ब १३ करोड रुपैयाँ मुनाफा कमाएको यस बैंकको नाफा यस वर्ष १.१० प्रतिशत मात्रले बढेको हो।

आम्दानी र ब्याज आम्दानी

गत वर्ष बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ७१ करोड रुपैयाँमा सीमित रह्यो, जुन अघिल्लो वर्षको १६ अर्ब ८५ करोड रुपैयाँभन्दा थोरै कम हो। तर, कुल आम्दानी भने वृद्धि हुँदै २१ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २० अर्ब ६५ करोड रुपैयाँभन्दा बढी हो।

सञ्चालन नाफामा गिरावट

नाफामा सामान्य वृद्धि भए पनि बैंकको सञ्चालन नाफा भने २.७५ प्रतिशतले घटेर ८ अर्ब ७७ करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यो रकम ९ अर्ब १ करोड रुपैयाँ थियो।

इपिएस र नेटवर्थमा परिवर्तन

प्रतिशेयर आम्दानी अघिल्लो वर्षको १६.९९ रुपैयाँबाट घटेर १६.२८ रुपैयाँमा झरेको छ। प्रतिशेयर नेटवर्थ भने १७७.६३ रुपैयाँ कायम छ।

पूँजी र रिजर्भ कोष

ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी नेपालकै सबैभन्दा धेरै ३८ अर्ब ११ करोड रुपैयाँ छ। रिजर्भ कोषमा २४ अर्ब १० करोड रुपैयाँ संचित छ।

वितरणयोग्य नाफामा ठूलो उछाल

गत वर्षको अन्त्यसम्म बैंकको वितरणयोग्य नाफा ५० करोड ६७ लाख रुपैयाँ मात्र भए पनि ९६१.६० प्रतिशतको वृद्धि भई ५ अर्ब ३७ करोड रुपैयाँ नाघेको छ।

कर्जा प्रवाह र निक्षेप संकलन

बैंकले असार मसान्तसम्म ४ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। सोही अवधिमा ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

खराब कर्जा

बैंकको खराब कर्जा अनुपात अघिल्लो वर्षको ४.१७ प्रतिशतबाट बढेर ४.८७ प्रतिशत पुगेको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।