
बैंकिङ खबर/ डिशहोमले नेपालको अग्रणी हस्पिटालिटी समूहमध्ये एक सिद्धार्थ हस्पिटालिटीसँग आधिकारिक सम्झौता गर्दै डिशहोमका सबै सक्रिय ग्राहकहरूलाई भर्चुअल प्रिभिलेज कार्ड मार्फत विशेष छुट र सुविधा प्रदान गर्ने भएको छ।
यस साझेदारी अन्तर्गत, डिशहोमका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीका होटल, रिसोर्ट, कटेज, रेस्टुरेन्ट तथा क्याफे आवासमा २०% छुट तथा फुड एण्ड बेभरेजमा १०% छुट पाउनेछन्।
डिशहोम भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुटहरू
- आवासमा २०% छुट
- फुड एण्ड बेभरेजमा १०% छुट
|
क्र.सं. |
होटल/रेस्टुरेन्टको नाम र स्थान |
क्र.सं. |
होटल/रेस्टुरेन्टको नाम र स्थान |
|
१ |
सिद्धार्थ होटल न्यू आनन्द, महेन्द्रनगर |
१२ |
सिद्धार्थ वाइल्डलाइफ रिट्रिट, मेघौली, चितवन |
|
२ |
सिद्धार्थ होटल, टिकापुर, कैलाली |
१३ |
सिद्धार्थ होटल, दमौली |
|
३ |
सिद्धार्थ होटल, नेपालगञ्ज |
१४ |
सिद्धार्थ रिभरसाइड रिसोर्ट, चुम्लिङटार, चितवन |
|
४ |
सिद्धार्थ कटेज एण्ड होटल, बुटवल |
१५ |
सिद्धार्थ कटेज रेस्टुरेन्ट, नेपालगञ्ज |
|
५ |
सिद्धार्थ होटल वाटर टावर, नुवाकोट |
१६ |
सिद्धार्थ कटेज रेस्टुरेन्ट, धोबीघाट |
|
६ |
सिद्धार्थ होटल ग्राण्ड सिटी, बिर्तामोड |
१७ |
सिद्धार्थ कटेज रेस्टुरेन्ट, पुरानो बानेश्वर |
|
७ |
सिद्धार्थ बुटिक होटल, बौद्ध, काठमाडौं |
१८ |
सिद्धार्थ कटेज रेस्टुरेन्ट, टिंकुने |
|
८ |
सिद्धार्थ सनी रिसोर्ट, सुर्खेत |
१९ |
सिद्धार्थ विलासा बनवास, सौराहा, चितवन |
|
९ |
सिद्धार्थ रिसोर्ट, चिसापानी, कैलाली |
२० |
सिद्धार्थ कटेज योगिकुटी, बुटवल |
|
१० |
सिद्धार्थ होटल, नारायणगढ |
२१ |
सिद्धार्थ कटेज, धनगढी |
|
११ |
सिद्धार्थ विलासा, भैरहवा |
२२ |
होटल सिद्धार्थ, सुन्धारा |
“सिद्धार्थ हस्पिटालिटी नेपालको प्रतिष्ठित हस्पिटालिटी ब्रान्ड हो, र यस साझेदारीमार्फत हामीले हाम्रो ग्राहकलाई उत्कृष्ट आतिथ्य अनुभवसँगै विशेष सुविधा प्रदान गर्न पाउनेछौं,” डिशहोमका सीईओ तारा मानन्धरले बताए ।
डिशहोम भर्चुअल प्रिभिलेज कार्ड केवल सक्रिय डिशहोम ग्राहकहरूका लागि माइ डिशहोम एप मा उपलब्ध छ। ग्राहकहरूले एपमार्फत कार्ड हेरी सबै सहभागी आउटलेटहरूको सूची हेर्न सक्ने र सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा कार्ड देखाएर छुट लिन सक्नेछन्।




