
बैंकिङ खबर/एनआईसी एशिया बैंकका ग्राहकले ‘फ्रन्टलाइन हस्पिटल’का सेवा मा छूट पाउने भएका छन्। त्यसका लागि हस्पिटल र बैंकबीच सम्झौता गरिएको छ। सम्झौताअनुसार बैंकका ग्राहकले काठमाडौंको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिँदा १० प्रतिशतसम्म छूट पाउने छन्। छूट पाउन ग्राहकले डिजिटल भुक्तानी गर्नुपर्नेछ।
सम्झौतामा बैंकका डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र हस्पिटलका क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका छन्। यस सुविधाको उपभोग गर्न ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।
फ्रन्टलाइन हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग पुग्नुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।



