Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा १० प्रतिशत छुट पाउने

admin २०८२ श्रावण ११ गते
सेयर:

बैंकिङ खबर/एनआई सी एशिया बैंक र लिजाश्री इन्टरप्राइजेज प्रा.लि.बीच यस बैंकका ग्राहकमहानुभावहरुलाई हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहकले देशका विभिन्न ठाउँमा रहेका हेयर एण्ड शान्ति युनिसेक्स सैलुनका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँबानेश्वरस्थित आईप्लेक्स मल, ठमेलस्थित छायाँ सेन्टर, जावलाखेलस्थित मिनिसो बिल्डिङ्ग, कमलादीस्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसीस्थित सिटी स्वायर सेन्टर, महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केट, हेटौंडास्थित भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ्ग, नारायणघाटस्थित जोशी भवन र वीरगन्जस्थित रुङ्टा मलमा रहेका हेयर एण्ड शान्ति युनिसेक्स सैलुनका शाखाहरुबाट उक्त छुट सुविधा पाउन सक्नेछन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो बैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । लिजाश्री इन्टरप्राइजेजसँगको यस सहकार्यले ग्राहकलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।