Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

भायानेटको सञ्चालक समितिमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त

admin २०८२ श्रावण ८ गते
सेयर:

बैंकिङ खबर/ इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले अनुभवी बैंकर परशुराम कुँवर क्षेत्रीलाई स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गरेको छ। कम्पनीले उनीसँगको अनुभवबाट रणनीतिक तहमा सशक्त मार्गदर्शनको अपेक्षा राखेको बताइएको छ।

क्षेत्री बैंक तथा वित्तीय क्षेत्रका अनुभवी र सम्मानित व्यक्तित्व हुन्। उनले आफ्नो करियर सन् १९८६ मा तत्कालीन ग्रिण्डलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टर्ड बैंक) बाट सुरु गरेका थिए। त्यसपछि उनले नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, र बैंक अफ एसिया लगायतका बैंकहरूमा विभिन्न वरिष्ठ कार्यकारी जिम्मेवारीहरू सम्हालेका थिए।

उनले जनता बैंक र पछि ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतका रूपमा सेवा दिएका थिए। सन् २०२० मा उनी ग्लोबल आइएमई बैंकको CEO पदबाट अवकाश भएका थिए। भायानेटले हालका दिनमा आफ्नो सेवा विस्तार, ग्राहक सन्तुष्टि र प्रविधिमा आधारित विकासमा जोड दिँदै आएको छ। परशुराम कुँवर क्षेत्रीजस्ता वित्तीय तथा संस्थागत व्यवस्थापनमा दक्ष व्यक्तित्वको सहभागिताले कम्पनीलाई रणनीतिक वृद्धि र पारदर्शितामा सहयोग पुग्ने विश्वास गरिएको छ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।