Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

डिशहोम र ल्यानिज हबबीच सहकार्य, हाई फ्युचर ग्याजेटमा ५० प्रतिशतसम्म छुट

admin २०८२ श्रावण ४ गते
सेयर:

बैंकिङ खबर/डिशहोमले ल्यानिज हबसँग सहकार्य गर्दै अन्तर्राष्ट्रियस्तरमा चर्चित हाई फ्युचर ब्रान्डका स्मार्ट ग्याजेटहरूमा ५० प्रतिशतसम्मको छुट दिने अफर सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार अब डिशहोमका इन्टरनेट वा टिभी सेवा ३, ६, १२ वा २४ महिनाका लागि रिचार्ज वा सब्स्क्राइब गरेपछि ग्राहकहरूले हाई फ्युचरका स्मार्ट ग्याजेटहरू आधा मूल्यमा खरिद गर्न सक्नेछन्।

कुन–कुन ग्याजेटमा कति छुट?

यो अफर अन्तर्गत समावेश गरिएका लोकप्रिय ग्याजेटहरू र छुटपछिका मूल्य यसप्रकार छन्:

सोनिक एयर एयरबड्स – रू. १,७४९ (बजार मूल्य: रू. ३,४९९)

जोन २ स्मार्टवाच – रू. २,७४९ (बजार मूल्य: रू. ५,४९९)

भोकल स्पिकर – रू. ४,४९९ (बजार मूल्य: रू. ८,९९९)

डिशहोमले यो योजना आज (साउन ६ गते)देखि लागू भएको जानकारी दिएको छ।

अतिरिक्त छुटको अफर पनि

ग्राहकले प्रोमो कोड “CHILLFI15” प्रयोग गरेमा थप १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

कम्पनीले टिभी र इन्टरनेट सेवा मात्रै नभई ग्राहकहरूको डिजिटल जीवनशैली सहज बनाउने लक्ष्यसहित प्रिमियम स्मार्ट एक्सेसोरीहरू पनि उपलब्ध गराउँदै आएको उल्लेख गरेको छ।

इच्छुक ग्राहकहरूले डिशहोमको आधिकारिक वेबसाइटमार्फत आफैँले अनलाइन खरिद प्रक्रिया पुरा गरी छुटसहितका ग्याजेटहरू प्राप्त गर्न सक्नेछन्। सस्तोमा गुणस्तरीय स्मार्ट ग्याजेट खोजिरहेका उपभोक्ताका लागि यो अफर सुनौलो अवसर बन्न सक्छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।