Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंकका नवनियुक्त अध्यक्ष कार्कीले सम्हाले पदभार

admin २०८२ असार २३ गते
सेयर:

बैंकिङ खबर/प्रभु बैंकको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोरजंग कार्कीले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलज्यू समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

यस्तै उनले आजै बसेको बैंकको सञ्चालक समितिको ३८१औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन् । कार्की असार १९ गते सञ्चालक समितिको अध्यक्ष चयन भएका थिए ।

कार्की यसअघि लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुन्धान आयोग र सामान्य प्रशासन मन्त्रालयमा सहसचिव थिए । त्यस्तै निजामति किताब कारखाना, आन्तरिक राजश्व विभाग, सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशक भएर काम गरेका थिए ।

कार्की नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद र कृषि अनुसन्धान कोषमा सञ्चालक समिति सदस्य समेत थिए । ९ भदौ २०३९ मा सरकारी सेवा प्रवेश गरेका कार्की ६ वैशाख २०७७ मा सेवा निवृत्त भएका थिए ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।