Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुर मुद्दाका फरार सुकबिर तामाङ पक्राउ

२०८२ असार २३ गते
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/बैंकिङ कसुर मुद्दामा फरार रहेका ४१ वर्षीय सुकबिर लुङवा तामाङलाई प्रहरीले पक्राउ गरेको छ। तामाङ तेह्रथुमको फेदाप गाउँपालिका–१ लामथुम्बा घर भई हाल टोखा नगरपालिका–८, अर्याल बस्तीमा बसोबास गर्दै आएका थिए।

प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौंबाट २०८१ चैत ३ गते पक्राउ अनुमति प्राप्त भएको मुद्दामा फरार रहेका तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो।

उनीमाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउनका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।