Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न

२०८२ असार १७ गते

बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न प्रदेशमा सामाजिक सहयोग कार्यहरु सम्पन्न गरेको छ । बैंकले शिक्षालाई प्रोतसाहन दिँदै सुदुरपश्चिम प्रदेशको डोटी जिल्लामा रहेको बटालागाँउ, पूिर्वचौकी गाउँ पालिका वडा नं. ५ स्थित नवप्रभाव आधारभूत विद्यालयमा अध्ययनरत ८७ जना छात्र–छात्राहरुलाई विद्यालय पोषाक उपलब्ध गराएको छ ।

यस कार्यक्रमले विद्यार्थीहरुमा उत्साह थप्नुका साथै अध्ययनप्रति सकरात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रमा प्राथमिकता राख्दै बैंकले कर्णाली प्रदेश विरेन्द«नगर –०४, सुर्खेत स्थित प्रदेश अस्पताल सुर्खेतमा सहयोग स्वरुप १० थान व्हीलचेयरहरु प्रदान गरेको छ, जसबाट स्वास्थ्य सेवा लिन आउने बिरामी र जेष्ठ नागरिकहरुलाई सहज हुने अपेक्षा बैंकले लिएको छ । साथै, कोशी प्रदेश स्थित जिल्ला अस्पताल, धनकुटामा समेत बैंकले बिरामी तथा कुरुवा बस्न सहज होस् भन्ने उद्देश्यले ७ थान तीन सिटर कुर्सीहरु हस्तान्तरण गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस बाहेक स्वास्थ्य, वातावरण तथा वित्तीय साक्षरता लगायतका क्षेत्रहरुमा निरन्तर सकरात्मक योगदान पु¥याउँदै आइरहेको छ । आगामी दिनहरुमा समेत यस किसिमका गतिविधिहरुलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता बैंकले जनाएको छ ।