Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लक्ष्मी सनराइज बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन सुदृढीकरणका लागि साझेदारी

admin २०८२ असार १३ गते
सेयर:

बैंकिङ खबर/ लक्ष्मी सनराइज बैंकले आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दिगो विकास तर्फ महत्त्वपूर्ण कदम चाल्दै इन्टरनेश्नल फाइनान्स कर्पोरेसन (आइएफसी)सँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको छ ।

यस साझेदारीले सूचना प्रविधि, बजार, कर्जा र सञ्चालन सम्बन्धी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनेका साथसाथै जलवायु फाइनान्स र सप्लाइ चेन फाइनान्स जस्ता दिगो वित्त र आपूर्ति वित्तको प्रवर्द्धन गर्ने गरी दुइ मुख्य क्षेत्रहरुमा आफ्नो पहल केन्द्रित गर्नेछ ।

यस सम्झौता पत्रमा लक्ष्मी सनराइज बैंकका तर्फबट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक (Financial Institutions Group-Upstream and Advisory) मेहदी चेरकाउईले हस्ताक्षर गरेका थिए।

यो साझेदारीले लक्ष्मी सनराइज बैंकको दिगोपनको आधार निर्माण, जोखिम व्यवस्थापनमा सुधार ग्राहकहरूको दीर्घकालीन हितलाइ प्राथमिकता दिने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।