Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुर मुद्दाः काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ

admin २०८२ असार १३ गते
सेयर:

बैंकिङ खबर/ काठमाडौं पुरानो बसपार्कस्थित बहुप्रतिक्षित ‘काठमाडौं भ्यू टावर’ निर्माणमा संलग्न व्यवसायी मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार अनामनगरबाट उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ।

इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालकसमेत रहेका भेटवालविरुद्ध १० करोड रुपैयाँको बैंकिङ कसुर सम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। उनीविरुद्ध परेको जाहेरीका आधारमा अनुसन्धान गर्नुपर्ने भएपछि पक्राउ गरिएको हो।

भेटवाल यसअघि पनि चेक बाउन्स तथा रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा समेत पक्राउ परिसकेका थिए। पटक–पटक विवादित कारोबार र असुली प्रकरणमा मुछिँदै आएका भेटवाल ‘काठमाडौं भ्यू टावर’ को ढिलो निर्माण तथा सम्झौता उल्लङ्घनको आरोपमा पनि चर्चामा रहँदै आएका छन्।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।