
बैंकिङ खबर/ माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा नेपाल बैंकर्स एशोसिएसन (एनबिए) का अध्यक्ष सन्तोष कोइराला वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) अन्तर्गतको वैकल्पिक ऊर्जा समिति सदस्यमा नियुक्त भएका छन्।
कोइराला हाल दोस्रो कार्यकालमा माछापुच्छ्रे बैंकको नेतृत्व गरिरहेका छन्। बैंकिङ क्षेत्रको छविलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित उनी एनबिएमा पनि महत्वपूर्ण भूमिका निभाइरहेका छन्।
उनको यो नियुक्तिलाई वैकल्पिक ऊर्जा क्षेत्र र वित्तीय क्षेत्रबीच सहकार्य विस्तार गर्ने अवसरको रूपमा हेरिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतको AEPC ले कोइरालालाई समितिमा समावेश गर्दै नीतिगत तथा रणनीतिक सल्लाहकार भूमिकामा सक्रिय बनाउने अपेक्षा राखेको छ।


