
बैंकिङ खबर/ सानिमा बैक र संगम मेडिकल हल गोरखामा छुटको व्यवस्था गरिएको छ । गोरखा नगर पालिका वडा नं.६ अवस्थित संगम मेडिकल हल र गोरखा फिटनेस कलमा सनिमा बैकका ग्राहक र कर्मचारीलाई २०प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
संगम मेडिकल हलमा ल्याबमा २० प्रतिशत, डेन्टलमा, २० प्रतिशत, हमेल बडी चेकअप र फिजियो थेरामीमा समेत २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
त्यस्तैगरी गोरखा फिटनेस क्लबमा समेत छुटको व्यवस्था गरिएको छ । गोरखा फिटनेस क्लबमा भरना शुल्क मा ५० प्रतिशत छुट र महिना बारी शुल्कमा २०% शुल्कमा छुटको व्यवस्था गरिएको छ ।
संगम मेडिकल हल र सानिमा बैंकबीच भएको कायक्रममा सानिमा बैंकको तर्फबाट शाखा प्रबन्धक प्रविण न्यौपाने र संगम मेडिकल हल, गोरखा फिटनेस कलका संचालक संगम बाबु श्रेष्ठबीच सम्झता पत्रमा हस्ताक्षर गरिएको बताइएको छ ।




