Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन बैंकको सेयर बेच्दै पाकिस्तानी हबिबः हिमालयन रिले किन्ने

२०८२ जेष्ठ ३० गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको स्वीकृति पाएसँगै पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकको संस्थापक सेयर बच्ने भएको छ । हबिबसँग रहेको पूरा २ करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थापक सेयर बेच्नका लागि शुक्रबार सार्वजनिक सूचना प्रकाशन भएको छ । हिमालयन रिइन्स्योरेन्सले उक्त सेयर खरिद गर्नेगरी सहमति भइसकेको छ । औपचारिक प्रक्रिया पूरा गर्नका लागि शुक्रबार सार्वजनिक सूचना जारी गरिएको हो ।

हालसम्म राष्ट्र बैंकले स्वीकृति नदिँदा रोकिएको थियो । पाकिस्तानको हबिब बैंकले कोभिड–१९ महामारी अगाडि नै २०७६ मा हिमालयन बैंकको सेयर बेचेर बाहिरिन खोजेको थियो । संस्थापक सेयर किन्न विद्यमान संस्थापक सेयरधनीलाई नै पहिलो प्राथमिकता दिनुपर्ने नीतिगत व्यवस्थाका कारण बाहिरी पक्षलाई बिक्री गर्न पाएको थिएन ।

३५ दिनभित्र सो सेयर खरिदका लागि इच्छुक संस्थापकले आवेदन दिन सक्ने बैंकले सार्वजनिक सूचनामार्फत जनाएको छ । न्यूनतम मूल्य प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसा कायम हुनेगरी आवेदन दिनुपर्ने छ । हबिबले एकमुष्ट सम्पूर्ण संस्थापक सेयर बिक्रीको लागि निवेदन दिएको हिमालयन बैंकले जनाएको छ ।