Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंक लिमिटेड र भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि. बीच सम्झौता

admin २०८२ जेष्ठ २८ गते
सेयर:

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेड र गुर्जुधारा, काठमाण्डौं स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि.(गुर्जुधारा ट्रायल सेन्टर) का बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलोभ¥यााङ्गले सवारी चालक अनुमतीपत्रको लागी प्रयोगात्मक परीक्षा सञ्चालन गराउदै आएको गुर्जुधारा स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि. (गुर्जुधारा ट्रायल सेन्टर) मा उपलब्ध सम्पूर्ण ड्राइभिङ्ग कोर्सहरुमा कुमारी बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरुको सुबिधाको लागि विभिन्न क्षेत्रका व्यवसायीहरुसँग समन्वयन गरि छुट तथा किस्ताबन्दीका सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।