Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुर मुद्दाः एक करोड बिगो कायम गरिएका व्यक्ति पक्राउ

admin २०८२ जेष्ठ २७ गते
सेयर:

बैंकिङ खबर/बैंकिङ कसुर मुद्दामा प्रहरीले काठमाडौँबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकादो घर भई हाल काठमाडौँको बत्तिसपुतली बस्ने वर्ष ४७ को गणेश प्रसाद शर्मा रहेका छन्।

उनीमाथि झापा जिल्ला अदालतबाट एक करोड रुपैयाँ बिगो कायम गरिएको छ। जिल्ला अदालत,भद्रपुर झापाबाट २०८२ वैशाख २८ गते पक्राउ अनुमति जारी भएका शर्मालाई ईलाका प्रहरी कार्यालय अनारमनी झापाको पत्रानुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

उनीमाथि आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय, अनारमनी विर्तामोड, झापा पठाईएको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।