Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन बैंकको लमजुङ गौंडा शाखा स्थानान्तरण

admin २०८२ जेष्ठ २७ गते
सेयर:

बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरुमध्ये गौंडा शाखालाई स्थानान्तरण गरी दूधपोखरी गाउँपालिका, वडा नं. ५, जोर्नेबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।

दूधपोखरी शाखा नामबाट संचालित शाखाको शुभारम्भ दूधपोखरी गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङ्गले बंैकका कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका थिए ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटिएम, ८,००० भन्दा बढी पिआएस टर्मिनलस र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।