Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन बैंकको न्यूरोड शाखा स्थानान्तरण

admin २०८२ जेष्ठ २५ गते
सेयर:

बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेडले न्यूरोड शाखालाई ठमेलमा स्थानान्तरण गरेको छ। बैंकले नजिकै भएका शाखामध्ये न्यूरोड शाखालाई ठमेलस्थित संचय कोषको भवनमा स्थानान्तरण गरेको हो। बैंकले आजदेखि ठमेल शाखाको नामबाट सम्पूर्ण कारोबार थालिएको जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारी तथा अतिथिहरूको उपस्थितिमा नयाँ शाखाबाट कार्य सञ्चालनको आरम्भ गरेका हुन्।

हाल यस बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८६ एटीएम, ८ हजारभन्दा बढी पोस टर्मिनल्स र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।