Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कालीकोट मान्ममा सानिमा बैंकको वित्तीय साक्षरता

admin २०८२ जेष्ठ १६ गते
सेयर:

बैंकिङ खबर/ सानिमा बैंक मान्म शाखाद्वारा मान्म कालीकोटमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । होटल चन्द्रसूर्यमा आयोजित सो कार्यक्रमा उद्योग वाणिज्य संघ कालीकोटका पदाधिकारी, मान्मस्थित सम्पूर्ण उद्योगी व्यवसायी तथा विभिन्न कार्यालयमा कार्यरत कर्मचारी एवं यस क्षेत्रमा रहेका विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा उल्लेखनीय सहभागीता रहेको थियो ।

उद्योगी, व्यवसायीहरुलाई लक्षित सोे कार्यक्रममा, बैंकको तर्फबाट अत्याधुनिक बैंकिङ अन्तर्गत डिजिटल बैंकिङ र यसको आवश्यकता साथै वित्तीय अपराधका साथै यसबाट बच्न सक्ने उपायहरुको सन्दर्भमा जानकारी गराइएको थियो ।
आजको युगमा डिजिटल बैंकिङ सेवाको अपरिहार्यताको सन्दर्भमा प्रकाश पार्दै डिजिटल बैंकिङ आधुनिक बैंकिङको मेरुदण्डको रुपमा रहेको कुरा शाखाका प्रबन्धक मछिन्द्र कुमार भण्डारीले बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै, उद्योग वाणिज्य संघ कालीकोटका अध्यक्ष रतनबहादुर शाहीले, यस किसिमको वित्तीय साक्षरता कार्यक्रमले हामी सबैलाई वित्तीय जनचेतना जगाउनुका साथै, वित्तीय जाखिमबाट बच्ने उयायहरुको सन्दर्भमा यस्ता कार्यक्रमहरु अत्यन्तै लाभदायी हुने बताउँदै आगामी दिनहरुमा पनि यस किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताए ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।