Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई नागरिक र ह्याम्स अस्पतालमा छुट

admin २०८२ जेष्ठ १६ गते
सेयर:

बैंकिङ खबर/नेपाल बैंक लिमिटेडका ग्राहक र कर्मचारीलाई नागरिक सामुदायिक शिक्षण र ह्याम्स अस्पतालमा छुट दिने सम्झौता भएको छ।

सम्झौताअनुसार बैंकमा कार्यरत कर्मचारी र खाता भएका ग्राहकलाई ह्याम्सद्वारा सञ्चालित गठ्ठाघरमा रहेको नागरिक शिक्षण अस्पताल र ह्याम्स अस्पतालका सेवा तथा सुविधाहरूमा ५ देखि १२ प्रतिशतसम्म छुट हुनेछ।

सम्झौतामा बैकका प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र नागरिक सामुदायिक शिक्षण अस्पतालका कार्यकारी निर्देशक भुवन चक्र जोशीले हस्ताक्षर गरेका हुन्।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।