
बैंकिङ खबर/बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नवलपरासी पूर्वको कावासोती नगरपालिका-४ का ३८ वर्षीय प्रदिप भुसाललाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत कैलालीबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय सुखड कैलाली पठाइएको छ।



