Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकको अन्तरबैंक टेलर क्यूआर सेवा सुरुवात

admin २०८२ जेष्ठ ६ गते
सेयर:

 
बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्नको लागि अन्तरबैंक टेलर क्यूआर सेवा सुरुवात गरेको छ ।

यस सेवा अन्तर्गत ग्राहकहरुले कुनै पनि बैंकको मोवाईल बैंकिङ्ग एपको प्रयोग गरी मुक्तिनाथ विकास बैंकको टेलरमा भएको क्यूआर स्क्यान गरी सजिलै नगद झिक्न सक्नेछन् ।

यस सेवाको सुरुवातबाट ग्राहकहरुले परम्परागत रुपमा चेक तथा एटिएमको प्रयोग मार्फत रकम झिक्नुपर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्ने छ । यस सेवा बैंकमा खाता नभएका तर अन्य बैंकमा खाता भएका ग्राहकले पनि उपयोग गर्न सक्नेछन् ।

यो सेवा प्रथम चरणमा बैंकको मुख्य शाखा लाजिम्पाट, पोखराको नागढुङ्गा, कोहलपुर, इटहरी, नारायणगढ र कमलादी शाखा कार्यालयबाट सुरुगरी निकट भविष्यमा देश भरीकै शाखामा बिस्तार गरिनेछ ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ ।

बैंकले हालै मोवाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याउनुको साथै अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि संचालनमा ल्याएको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा लगाएतका अन्य कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

 

 

 

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।