Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंकका ग्राहकलाई इला होटल्स एन्ड रिसोर्ट्स र मौलाकाली केबुलकारमा विशेष छुट

admin २०८२ जेष्ठ ५ गते
सेयर:

बैंकिङ खबर/प्रभु बैंकका ग्राहकहरूले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट, मौलाकालीस्थित इला होटल्स एन्ड रिसोर्ट्स र मौलाकाली केबुलकारमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई लाभान्वित तुल्याउन दुवै संस्थासँग सोमबार त्यस्तो खालको सम्झौता गरेको जानकारी गराएको छ ।

सम्झौतापत्रमा प्रभु बैंकका प्रमुख प्रदेश अधिकृत श्रीमती सांग्रीला श्रेष्ठ र इला होटल्स एन्ड रिसोर्ट्स र मौलाकाली केबुलकार लिमिटेडका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले इला होटल्स एन्ड रिसोर्ट्समा फुड एन्ड वेभरेजमा १० प्रतिशत, आवास सेवामा १० प्रतिशत, केबुलकार टिकटमा २० प्रतिशत छुट र केबुलकार यात्रा निःशुल्क हुने बताइएको छ ।

यस सम्झौताले दुवै कम्पनीबीच औपचारिक सहकार्यको नयाँ आयाम सुरु गरेको छ, जसले ग्राहकहरूलाई गुणस्तरीय सेवा र विशेष अनुभव प्रदान गर्नेछ । ग्राहक तथा कर्मचारीहरूलाई उच्चस्तरीय जीवनशैली अनुभव प्रदान गर्न यो सहकार्य महत्त्वपूर्ण उपलब्धि भएको बताइएको छ।

त्यसैगरी,ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौ’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।