Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

काठमाडौंबाट ९५ लाख रुपैयाँसहित चारजना पक्राउ

admin २०८२ बैशाख २१ गते
सेयर:

बैंकिङ खबर/काठमाडौंबाट ९५ लाख रुपैयाँसहित चार जना पक्राउ परेका छन्। आइतबार अपरान्ह काठमाडौंको पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडी सडकबाट दुईवटा मोटरसाइकलमा रहेका उनीहरूलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।

पक्राउ पर्नेमा काठमाडौंको तार्केश्वर नगरपालिका ३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी गाउँपालिका १ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका ३ का ३१ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका छन्।

उनीहरूको साथमा रहेको झोखा खानतलासी गर्दा ९५ लाख १७ हजार ५ सय रुपैयाँ फेला परेको र उक्त रकमको स्रोत उनीहरूले खुलाउन नसकेको प्रहरीको दाबी छ। थप अनुसन्धान भइरहेको एसपी बोहराले बताए।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।