Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ईसेवा प्रयोगकर्ताको करोडौं रकम चोरी गरेको आरोपमा १ जना पक्राउ

admin २०८२ बैशाख ३ गते
सेयर:
प्रतिकात्मक तस्बिर

बैंकिङ खबर/चार हजारभन्दा बढी ईसेवा प्रयोगकर्ताको खाताबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा प्रहरीले कञ्चनपुरका २२ वर्षीय राहुल बुढालाई पक्राउ गरेको छ ।

अनामनगर बस्ने बुढाले ईसेवा प्रयोगकर्तालाई एसएमएममार्फत एटी अलर्ट जस्ता फिसिङ लिंक पठाउँथे । प्रयोगकर्ताले उक्त लिंक क्लिक गर्ने बित्तिकै उसको खाताबाट सबै रकम चोरी हुन्थ्यो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी अंगुर जिसीका अनुसार बुढाले फिसिङ लिंक पठाएर ‘तपाईंको खाता सस्पेन्ड’ हुन लागेको भन्दै चेतावनी पठाउने गरेको खुलेको छ ।

प्रयोगकर्ताले लिंक खोल्ने बित्तिकै पैसा चोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । जिसीका अनुसार बुढाले ४ हजारभन्दा बढी व्यक्तिहरूको ईसेवामा मौज्दात रहेको रकम चोरी गरेका थिए ।

उनले १ करोड २ लाख रुपैयाँ बराबरको रकम चोरी गरेको जाहेरी प्रहरीमा परेको छ । बुढाले चोरी गरेको रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खाताहरूमा ट्रान्सफर गर्दै आएका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।