Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा युवती पक्राउ

admin २०८१ चैत्र ३१ गते
सेयर:

बैंकिङ खबर/हुण्डीमार्फत् अवैध रूपमा रकम कारोबार गरेको आरोपमा एक युवती काठमाडौंको न्युरोड क्षेत्रबाट पक्राउ परेकी छन्। पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–१० वागडाँडाकी १९ वर्षीया करिना देवकोटा रहेकी छन् । काठमाडौं महानगरपालिका–२२ स्थित न्युरोड इलाकामा हुण्डी कारोबार भइरहेको सूचनापछि प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनसेवाका प्रमुख, डीएसपी कृष्ण चन्दले जानकारी दिए ।

पक्राउ परेकी देवकोटाको साथबाट प्रहरीले नगद ९ लाख रूपैयाँ, ६ लाख रूपैयाँको चेक एक थान र एक थान मोबाइल बरामद गरेको छ । उनी शंकास्पद गतिविधिमा संलग्न देखिएपछि खानतलासी गर्दा उक्त रकम फेला परेको डीएसपी चन्दले बताए । पक्राउ परेकी देवकोटामाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।