Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंक कञ्चनपुर शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०८१ चैत्र ६ गते

 बैंकिङ खबर/ गरिमा विकास बैंक महेन्द्रनगर कञ्चनपुरले ग्लोबल मनि वीकका अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।युवाहरुलाई वित्त सम्बन्धी जानकारी दिनुका साथै डिजिटल बैंकिङबाट सजग गराउन कार्यक्रम आयोजना गरेको हो ।

महेन्द्रनगर नमुना माविमा भएको कार्यक्रममा कक्षा १२ का ७० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बैंकका कर्जा इकाई कर्मचारी रामबहादुर शाहीले गरेका थिए भने कार्यक्रमको सहजकर्ता शाखा प्रमुख कमल प्रसाद जैशी रहेका थिए ।